शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिडियाबाट भाग्दै शाहरुख खान

सोमबार, २२ कात्तिक २०७८, ०८ : ३४
सोमबार, २२ कात्तिक २०७८

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए । स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए । 

कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारमा बसेर गइरहेका छन् । शाहरुख खान कसैले उनको तस्बिर खिचोस् भन्ने चाहाँदैनन् । त्यसैले उनले आफ्नो सेक्युरिटी गार्डलाई छाता ल्याउन लगाए । उनी छातामा छेकिएर गाडीमा गएको भिडियोमा देखिन्छ । तर, उनीसँग अरु को–को थिए भन्ने पत्ता नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए । सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे । तर, शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप