एमाले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन (अन्तरपार्टी निर्देशन-१४ सहित)
आइतबार, २१ कात्तिक २०७८, २१ : ५०
![एमाले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन (अन्तरपार्टी निर्देशन-१४ सहित)](https://rpcdn.ratopati.com/media/albums/kp_oli_b8AGJFdQzw.jpg)
नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्डमा परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ । एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेको थियो । तर अपानि १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता कायम गर्न भन्दै सो पार्टीले पुन आइतबार अपानि १४ जारी गरेको हो ।
एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
-
लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
-
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन