विभिन्न स्थानबाट जुवा तास खेलिरहेका ७९ जना पक्राउ
देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्था ७९ जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा तास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवा तास खेल्न प्रयोग भएको गलैँचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।
यता भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मा पनि सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बाबुगाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा केही मानिसहरू जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण