तिहारमा बढ्यो मालाको खपत, झण्डै साढे २१ लाख माला बिक्यो
यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।
तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०÷२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।
तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच दिनको समयमा सयपत्री फूलको मालाको माग धेरै हुने गरेको महासंघको भनाई छ । भाइटिकाको दिन भने मखमली फूलको मालाको खपत धेरै हुन्छ ।
अघिल्लो वर्ष करिब १६ लाख माला मात्रै कारोबार भएको थियो । यस वर्षको तिहारमा खपत भएको सयपत्रीको मालाको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र १५ प्रतिशत माला भारतबाट आयात हुने अनुमान थियो । तर, भारतबाट ३० प्रतिशतभन्दा बढी माला आयात भएपछि नेपाली उत्पादन खेर गएको पुष्प व्यवसायीको गुनासो छ ।
नेपालका ३२ वटा जिल्लामा व्यवसायीक रुपमा फूल खेती हुँदै आएको छ । प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूर पश्चिमाञ्चल प्रदेशका जिल्लामा खेती हुने गरेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण