शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार, २१ कात्तिक २०७८, ०८ : ००
आइतबार, २१ कात्तिक २०७८

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  

त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका–६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका–२ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए ।   ३१ जना सवार बसमा १२ मध्ये बाँकी सबै घाइते रहेका छन् । गम्भीर घाइते ५ जनालाई  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । प्रहरीकाअनुसार फरार बस चालकको खोजी कार्य जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप