पोखरामा भाइटीका महोत्सव : ६ देशका २० जनाले गरे टीका ग्रहण
पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणका रुपमा पुनः निरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए ।
तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने मुख्य लक्ष्यका साथ भाइटीका कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवम् सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टीका ग्रहण गर्नका लागि नै कतिपय विदेशी नागरिक बारम्बार पोखरा आउने गरेका छन् ।
विदेशी नागरिकलाई टीकासँगै गालामा सयपत्री फूलको माला र शीरमा नेपाली ढाका टोपी लगाइदिएका थिए भने उनीहरुका लागि सेलरोटीलगायतका परिवार छात्राले पस्किएका थिए । सो अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमको सुरु गर्दै सङ्घका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्वका बारेमा विदेशी नागरिकलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन