मुख्यमन्त्री शाही एक्कासि किन पुगे गृहजिल्ला ?

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही एक्कासि गृहजिल्ला हुम्ला पुगेका छन् । उनी आइतबार हेलिकप्टरबाट हुम्ला पुगेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । सचिवालयका अनुसार शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न हुम्ला गएका हुन् ।
उनी दिउँसो २ बजे सिमीकोट पुगेका छन् । मुख्यमन्त्री शाहीले आइतबार खार्पुनाथ गाउँपालिका–२ स्थित थाली गाउँमा पहिरोले पुर्याएको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको छ । थाली गाउँमा पहिरोले स्थानीयका घर, खेतीपाती र खानेपानीका योजना समेतमा क्षति पुगेको छ ।
त्यसपछि साँझ हेलिकप्टरबाटै सिमकोट आएर बास बस्ने कार्यतालिका रहेको छ । सोमबार उनी पुनः हेलिकप्टरबाटै अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गर्नेछन् ।
गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षापछि गएको पहिरोले जिल्लामा आठ करोडभन्दा बढीको क्षति पुगेको थियो । शाही मुख्यमन्त्री बनिसकेपछिको यो पहिलो भ्रमण पनि हो । उनको सचिवालय स्रोत भन्छ, ‘एक्कासि खार्पुनाथ गाउँपालिकाले बोलाएपछि मुख्यमन्त्रीज्यु निस्कनुभएको हो । भोलि सोमबार फर्किने कार्यक्रम रहेको छ ।’
कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका शाहीले मन्त्रिमण्डल गठनबारे भने खासै चासो दिएका छैनन् । यद्यपि, सत्ता साझेदार दल नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही काठमाडौँ गएका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको सचिवालय निकट श्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम