बेन्जेमा फर्किएपछि फ्रान्सको राष्ट्रिय टोलीमा असन्तुलन देखियो : जिरु

करिम बेन्जेमालाई टोलीमा फर्काउने प्रशिक्षक डिडिएर डेस्च्याम्पको निर्णयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीको रणनीतिमा गम्भीर असर पुगेको ओलिभए जिरु दाबी गरेका छन् । बेन्जेमा फर्किएपछि राष्ट्रिय टोलीको सुरुवाती ११ मा स्थान गुमाएका एसी मिलानका स्ट्राइकरले उनको आगमनले टोलीको खेल शैलीमा परिवर्तन गर्नु परेको र त्यसमा अभ्यस्त हुन थुप्रै खेल लागेको बताएका हुन् ।
‘बेन्जेमा फर्किने मैले प्रशिक्षकले भनेपछि थाहा पाएँ,’ एल इक्युपेसँग कुरा गर्दै जिरुले भने, ‘यो डेस्च्याम्पको इच्छा थियो, म बुझ्छु । तर, यसबारे अघि नै जानकारी दिएको भए हुन्थ्यो । करिमविरुद्ध मेरो कुनै नकारात्मक भावना छैन । तर उनको पुनरागमनले टोलीमा रणनीतिक असन्तुलन सिर्जना गर्यो । केही खेलहरूमा त्यो देखियो पनि । विशेष गरेर युरोपियन च्याम्पियनसीपमा । तर, भाग्यवस हामीले समयमा नै त्यसलाई समाधान गर्न सक्यौँ । तर, यसका लागि समय लाग्यो ।’
‘युरोपियन च्याम्पियनसीपमा करिमसँग मेरो कुनै समस्या थिएन । उनले आफूलाई परिवर्तन गरेर अझ राम्रो भएका छन् । हामी सधैँ एउटै टेबलमा बसेर खान्थ्यौँ,’ जिरुले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको समीक्षा
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा