सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कोइला खानी विस्फोटमा परी ६ जनाको मृत्यु

आइतबार, २१ कात्तिक २०७८, १५ : १३
आइतबार, २१ कात्तिक २०७८

काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।

 मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र  ५६ जना भने बाहिर निस्कन सफल भएका थिए ।

आपतकालिन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कमजोर सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप