शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक आह्वान

आइतबार, २१ कात्तिक २०७८, १४ : ५९
आइतबार, २१ कात्तिक २०७८

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप