बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं रिफर गर्ने तयारी
आइतबार, २१ कात्तिक २०७८, १४ : ४२
आइतबार, २१ कात्तिक २०७८

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जनाको घटना स्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए ।  घटना स्थलमै रहेका थापाले भने,‘ घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ। त्यसका लागि हेलिकप्टोर पुग्न लागेको छ।’ 

प्रहरीका अनुसार बस धेरै स्पिड र जीर्ण सडकका कारण दुर्घटनामा परेको हो।  बस सडकबाट २ सय मिटर तल खसेको र बस चालक अझै फरार रहेको बताइएको छ।  चालकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बसमा सवारहरू अधिकांश भाइटीका सकेर फर्किएकाहरू रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप