शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साथीको मृत्युपछि भड्किएका कैदीले लगाए जेलमा आगो, ३० प्रहरी घाइते

आइतबार, २१ कात्तिक २०७८, १४ : ०५
आइतबार, २१ कात्तिक २०७८

उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो । 

बन्दीहरुले जेलर र अन्य पुलिसकर्मीहरुमाथि हमला पनि गरे । हमलामा ३० प्रहरी घाइते भएका छन् । त्यस्तै बन्दीहरु पनि घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ । मेरापुर थाना क्षेत्रका सन्दीप हत्याको अभियोगमा जिल्ला कारागारमा बन्धक थिए । अवस्था खराब भएपछि उनलाई उपचारका लागि पठाइएको थियो । तर, उपचारकै दौरान उनको मृत्यु भयो । यसपछि बन्दीहरुले जेलमा हंगामा गर्न थाले । 

स्थिति नियन्त्रणमा लिनका लागि खटिएका पुलिसमाथि पनि उनीहरुले हमला गरे । कुटपिटमा परेर सहायक जेलर शैलेशकुमार सोनकरसहितका प्रहरीहरु घाइते भएका छन् । जेलभित्रबाट तीनपटक गोली चलेको आवाज आएको प्रहरीले जनाएको छ । 

अवस्था बिग्रँदै गएपछि प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको छ । समयमै उपचार नपाएका कारण सन्दीपको मृत्यु भएको बन्दीहरुको आरोप छ । त्यस्तै, दीपावलीको दिन पनि आफुहरुलाई राम्रो भोजन नदिइएको बन्दीहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप