एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा
आइतबार, २१ कात्तिक २०७८, १३ : २०

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।
राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पोस्टर यस्तो देखियो ‘नरसिंहाः अवतार’
-
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
-
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’