एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा
आइतबार, २१ कात्तिक २०७८, १३ : २०
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् । त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।
राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण