इन्धन बोकेको ट्यांकर दुर्घटनामा मृत्यु हुनेको संख्या १०८ पुग्यो, ९२ जना जलेर घाइते
सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १०८ पुगेको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ ।
सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले पुष्टि गरेका छन् । पराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिए ।
उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् । चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् ।
इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । पोखिएको सो इन्धन उठाएर लैजान स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो । त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरु हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरु पनि सो दुर्घटनामा परेका थिए ।
उनीहरुलाई नै पछि आगोले छोएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।
इन्धन पोखिएको र त्यसपछि सोही इन्धनमा आगो सल्किएकाले आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए । राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताएका छन् । यस दुर्घटनाले आफूलाई अति दुखित बनाएको उनले बताएका छद्द् । यहाँका प्रहरी अधिकारीहरुले १०८ जनाको शव शवगृहमा राखिएको बताएका छन् । ती सबै शवहरु जलेको अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी