राजधानीको नैकापबाट जुवा खेलेको आरोपमा १६ जना पक्राउ
आइतबार, २१ कात्तिक २०७८, ११ : २८
राजधानीको नैकापबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ समेत बरामद भएको छ । पुरानो नैकापस्थित शंकर थापाको घरमा हारजित हुनेगरी जुवातास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जुवाको खालबाट दुई लाख उनन्साठी हजार नौ सय पैँसट्ठी र पक्राउ परेकाहरुको साथबाट थप एक लाख त्रियासी हजार तीन सय चालीस रुपैयाँसहित कुल चार लाख त्रिचालीस हजार तीन सय पाँच तथा जुवा खेल्न प्रयोग भएको गलैँचा थान १, तास ६३४ पत्ती समेत बरामद गरि रुपैयाँका साथै तास समेत बरामद भएको छ । उनीहरुमाथि वृत्त थानकोटबाट अनुसन्धान भइरहेको परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण