देउसीभैलो खेल्न हिँडेको समूहलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
मकवानपुरको नेवारपानीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा शनिबार राति काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका युवाको समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानी निवासी २० वर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
रौतहटको गौरबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको उनले बताए । बसको ठक्करबाट अन्य ८ जना घाइते भएका छन् । घाइते हुनेमा संगम नेपाली, निशा मोक्तान, तुलसा बिष्ट र लक्ष्मी गुरुङ लगायतका छन् । उनीहरुको हेटौडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि ठक्कर दिने बसमा स्थानीयहरुले आगजनी गरेका छन् । आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण