जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने वर्ष ५२ का मणिराम पुरी (जुवा तास खेलाउने घरधनी), सोही स्थानका वर्ष २५ का सुशिल खत्री, वर्ष २८ का चन्द्रशेखर खत्री, वर्ष ३३ का नवराज खत्री, वर्ष ५१ का राजन कार्की छन् ।
यस्तै, वर्ष ४२ का चिरञ्जिवी फुँयाल, वर्ष ३० का जनक खत्री, वर्ष ४३ का जीवन श्रेष्ठ, वर्ष ३७ का परमेश्वर थापा, वर्ष ३८ का प्रेमकुमार विक, वर्ष ४५ का सरोज भण्डारी, वर्ष ३९ का विनोद तिमिल्सिना, वडा नं. ७ बस्ने वर्ष ३५ का विकास लामा, वर्ष ३८ का रुपेश न्याजु र काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने वर्ष ५० का रामु भण्डारी पनि पक्राउ परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
पुरीको घरमा पैसाको हारजित हुने गरी जुवा (तास) खेलिरहेको सूचना पाएपछि प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट दुई बुक ताससहित नगद बाह्र लाख ४३ हजार ७८० रुपैयाँ बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण