बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इराकका प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री भने सुरक्षित

आइतबार, २१ कात्तिक २०७८, ०८ : ३९
आइतबार, २१ कात्तिक २०७८

इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।

इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् । हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी दिएको छैन । ग्रीन जोनमा बसोबास गर्ने पश्चिमी देशका राजदूतहरूले सो क्षेत्रमा विस्फोट र गोलाबारीको आवाज सुनेको बताएका छन् । केही दिन यता ग्रीन जोनबाहिर ईरानसमर्थित संगठनका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । 

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप