अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मनाए भाइटीका
![अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मनाए भाइटीका](https://rpcdn.ratopati.com/media/albums/anil_fAZc6CML1U.jpg)
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले गत वर्षभन्दा यसपटक रमाइलो गरेर भाइटीका मनाएका छन् । गत वर्षको तुलनामा कोरोना सङ्क्रमण न्यून हुँदै गएकोले रमाइलोसँग मनाउन पाएका हुन् । नेपालमा भाइटीकाको उत्तम साइत ११:०२ बजे तोकिएकोले त्यही साइतमा पनि अमेरिकामा टीका लगाइएको छ । अमेरिकामा भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः२५ बजेको समय उत्तम भनिएकाले अमेरिकामा बसोबास गर्ने नेपालीहरूले पनि यही समयमा पनि टीका ग्रहण गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरे पछि त्यस समयलाई पनि धेरैले पछ्याएका छन् ।
अमेरिकामा विभिन्न राज्य तथा सहरहरूको समय कतै १ घण्टा, कतै २ घण्टा र कतै ३ घण्टाको समेत फरक भएकाले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका लगाएका छन् । अमेरिकामा तिहारका सबै सामाग्रीहरू भारतीय र नेपाली समुदायले खोलेका पसलमा पाइने हुनाले तिहार मनाउन सजिलो हुने गरेको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरू दिदीबहिनीहरूले आफैँ बनाएका छन् ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु, किसमिस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा वा उपहार दिई सम्मान प्रकट गरेका छन् ।
नेपालबाट सानैमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएकाहरूलाई अभिभावकहरूले नेपाली चाडपर्वको महत्त्वबारे जानकारी दिएर ठुलो भूमिका निर्वाह गरेका छन् । अमेरिकामा खोलिएका नेपाली पाठशालाका विद्यार्थीहरू र आफ्ना सन्तानलाई देउसी भैलो खेल्न प्रोत्साहन समेत गरेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले नेपालमा जस्तै काग तिहारदेखि भाइटीकासम्म आफ्नो निवासलाई झिलिमिली बनाएका छन् । अमेरिकामा विभिन्न राज्य, सहर, गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले लक्ष्मी पूजा पनि श्रद्धा भक्तिका साथ मनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन