सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ईन्द्रसरोवरको मोहिनी झरनामा डुबेर एक किशोरको मृत्यु

शनिबार, २० कात्तिक २०७८, २१ : १७
शनिबार, २० कात्तिक २०७८

मकवानपुरको ईन्द्रसरोवरमा रहेको मोहिनी झरनामा डुबेर एक जनाको मृत्यु भएको छ।  रसुवाबाट मकवानपुर घुम्न आएका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर-१ का १७ वर्षीय तेन्जिङ दोन्डुप रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मृतक तेन्जिङ ४ जना साथीहरूसँग  मकवानपुर घुम्न आएका थिए । सोही क्रममा शनिबार दिउँसो झरनामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

मृतक तेन्जिङको शव पोस्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनले बताए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङको प्रहरी निरीक्षकको टोली पुगिसकेको घटनास्थल र शवको मुचुल्का उठाउने कार्य जारी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप