अस्ट्रेलियाको शानदार जीत
टी-२० विश्वकपमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहले ब्याटिङ गर्दै वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा १ सय ५७ रनको स्कोर बनायो । कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने अस्ट्रेलियाका लागि जोश हेजलवुडले चार विकेट लिए ।
१ सय ५८ रनको लक्ष्यलाई अस्ट्रेलियाले १६.२ ओभरमा मात्र २ विकेटको क्षतिमा सजिलै पछ्यायो । लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात भने खराब रह्यो । चौथो ओभरमा नै कप्तान एरोन फिन्च मात्र ९ रनमा आउट भए । त्यसपछि डेभिड वार्नर र मिचेल मार्सले अस्ट्रेलियालाई जीततर्फ डोर्याए ।
दुई खेलाडीले दोस्रो विकेटका लागि ७५ बलमा १ सय २४ रन जोडे । वार्नरले ५६ बलमा नटआउट रहँदै ८९ रन बनाए । मार्सले ५३ रन बनाए । पाँच खेलमा अस्ट्रेलियाको यो चौथो जीत हो । टोली ८ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । तर अझै पनि सेमिफाइनलमा स्थान पक्का गर्न उसले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेलको नतिजा पर्खनु पर्नेछ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउन इंग्ल्याण्डलाई कम्तिमा ६० रनको अन्तरले हराउनुपर्नेछ ।
उता साबिक विजेता वेस्ट इन्डिजले भने प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो । सुपर १२ का पाँच खेलमा टोलीले एकमात्र जीत हासिल गर्न सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
-
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
-
एक खर्ब चार अर्ब ८५ करोडका यी ३७ योजना प्रस्तुत हुँदै
-
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
-
‘जनयुद्ध तिमी प्रतिबन्धित भएछौँ’