भाइटीकाका दिन पनि बागमती सफाइ
तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला बागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको बागमती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य डा माला खरेलले जानकारी दिइन् ।
सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न बागमतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।
महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ सथनमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि बागमतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको बागमती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रुपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य