सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु

शुक्रबार, १९ कात्तिक २०७८, २१ : २६
शुक्रबार, १९ कात्तिक २०७८

ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा लागेको आगलागीबाट ४ जनाको मृत्यु भएको हो ।आगलागीमा परेर मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रञ्जना ताम्राकार र निर्मल ताम्राकार रहेका छन् ।

आगलागीमा परेर दुई जना घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।  म्ह: पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगो सल्किएको र पछि ग्यास विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप