नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको परिणाम स्वरुप निगमको कार्यकारी समितिको बैठक असार २९ गतेदेखि र निगम सञ्चालक समितिको बैठक असार ३१ गतेदेखि बस्न सकेको थिएन ।
यही कात्तिक ११ गते सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो । कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सृजित सहकार्य पश्चात कात्तिक १४ गते निगमको कार्यकारी समितिको बैठक बसी महत्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ ।
त्यस्तै कात्तिक १७ गते सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अति आवश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । निगमको सञ्चालक समितिको निर्णय निगमको कार्य सञ्चालनका लागि अति आवश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्‍चालन जस्ता महत्वपूर्ण विषयसँग प्रत्यक्ष सम्वन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी