बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्पामा अक्सिजन प्लान्ट, मुख्यमन्त्री केसीद्वारा उद्घाटन

शुक्रबार, १९ कात्तिक २०७८, १९ : १२
शुक्रबार, १९ कात्तिक २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन प्लान्टको एक समारोहका बीच उद्घाटन गरेका छन् । अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनीकरण उद्देश्यले जिल्लामा पहिलो पटक प्लान्ट स्थापना गरिएको उनले बताए । 

सोही असरमा  मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा निर्माण व्यवसायीलाई तुरुन्त छानविन  निर्देशन दिए । उनले तत्काल अस्पताल निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

    कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले रोल्पा जिल्लामा अक्सिजनको जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विश्वास व्यक्त गरे । उनले रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदानसमेत गर्न आग्रह गरे ।

यसैबीच  रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तीको समस्यालाई हल गर्नका लागि १०० केभिएको जेनरेटर प्रदान प्रदान गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप