जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ
दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ ।
उनका अनुसार उनीहरुलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीकासमेत प्रहरी चौकीमै लगाउने भएका छन् । पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन