शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गन्तव्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक

शुक्रबार, १९ कात्तिक २०७८, १६ : ०५
शुक्रबार, १९ कात्तिक २०७८

मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरुको संग्रहित पुस्तक अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए । नगरपालिका क्षेत्रभित्रका प्राचिन साँस्कृतिक विरासत युक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्बिरहरु समावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवद्र्धन र विकासमा सहयोग पु-याउन मद्दत गर्ने विश्वा ओलीले गरे ।

अध्यक्ष ओलीले भने, ‘हाम्रो ऐतिहासिकता, हाम्रा साँस्कृतिक विविधता, हाम्रो सवल सभ्यता, हाम्रो सिर्जनात्मक प्राचीन कलाका विविध आयामहरुलाई यसले जीवन्त रुपमा प्रस्तुत गर्नेछ । मौलिक र गौरवपूर्ण परम्पराको रक्षा गरी नगरलाई आधुनिक, सम्पन्न र विकसित बनाउने र नगरवासीको जीवनमा खुसी हासिल गर्ने उद्देश्यमा यस प्रकाशनले सहयोग पुर्याउने छ ।’

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरूलाई उजागर गरी देश विदेशमा जानकारी दिन सकेमा आन्तरिक र बाह्य पर्यटन विकासका माध्यमद्वारा सम्पदाको संरक्षण सम्बर्द्धन एवं प्रबद्र्धन गर्दै बहुआयामिक रोजगारी सिर्जनाबाट समृद्ध नगर निर्माण हुने बताए । 

सभासद एव पूर्वमन्त्री महेश बस्नेतले भने आउने चुनावमा एमालेलाई बहुमतका साथ विजयी गराउने बताए । उनले भने, ‘देशको विकास गर्न तथा सुखी नेपाल, समृद्ध नेपाल बनाउन केपी ओलीकै नेतृत्वमा मात्र सम्भव छ ।’
कार्यक्रममा लेखक भरतबन्धु थापाले पुस्तक तयार गर्न दश महिना लागेको बताए । उनले विगत दुई दशक भन्दा पनि बढी समयदेखि उपत्यका तथा भक्तपुर क्षेत्रमा पत्रकारितामा क्रियाशील रहँदा मध्यपुर क्षेत्रमा यति धेरै कला र साँस्कृतिक धरोहर रहेको तर ती धरोहर बत्तीमुनिको अँध्यारोमा परेको अनुभूति भएको बताए । उनले चाँडै सातैवटा प्रदेशको परिचयसहित प्रदेशका प्रमुख पर्यटकीय धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक सुन्दरतालाई समावेश गरेर ३२४ पृष्ठको  पुस्तक बजारमा ल्याउन लागेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि राधिका शाक्य, अतिथिहरूमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, युवा नेता महेश बस्नेत, नेतृ सरस्वती बाटी, बाग्मती प्रदेशसभा सदस्य शशीजंग थापा, जिल्ला समन्वय समितिका नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, राजेन्द्र राजथला, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा लगायत मध्यपुर थिमिका सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिको पनि उपस्थिति थियो । सोही क्रममा पत्रकार भरतबन्धु थापालाई सम्मान पनि गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप