‘गोर्खा वारियर-२’ को लागि ३४ कलाकार चयन
‘गोर्खा वारियर–२’ का लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सयभन्दा बढी व्यक्ति मध्येबाट ३४ जना चयन भएका हुन् ।
यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो । छानिएकामध्ये अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।
यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यसअघि रोकिएको थियो । अब बाँकी छायाँकन तिहार लगत्तै सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । त्यसपछि बाँकी छायाँकनको लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेसिया लगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चम्सले जानकारी गराएका छन् । यो चलचित्रको छायाँकनका लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री दशैं अघि नै नेपाल आइसकेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेश चाम्सले नव नायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दैछन् ।
यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।
चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुनेछ । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान