आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गाईघाट बजारमा आगलागी, एक करोड ५० लाख बराबर क्षति

शुक्रबार, १९ कात्तिक २०७८, १५ : ०४
शुक्रबार, १९ कात्तिक २०७८

जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई  रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले  आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप