प्रियंकाले पति निकसँगै मनाइन् दीपावली, तस्बिर भाइरल
बलिउड अभिनेत्री प्रियंका चोपडा बिहेपछि आफ्ना पतिसँगै अमेरिकामा बस्न थालेकी छिन् । तर, उनले आफ्नो संस्कृति बिर्सेकी छैनन् । चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् । प्रियंकाले दीपावली पनि भव्य रुपमा मनाइन् । सामाजिक सञ्जालमा उनले आफ्ना पतिसँगै दिपावली गरेको तस्बिर हालेकी छिन् ।
यस तस्बिरमा पति–पत्नी दुबै परम्परागत पोशाक देखिन्छन् । प्रियंकाले पहेँलो रंगको साडी लगाएकी छिन् भने निकले सेतो रंगको कुर्ता पाइजामा लगाएका छन् । हातमा पूजाको थाली लिएर दुबैले लक्ष्मीको पूजा गरिरहेका छन् ।
तस्बिर सार्वजनिक गर्दै प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, ‘या देवी सर्वभूतेषु लक्ष्मी रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।’ फ्यानहरूले प्रियंका र निकलाई बधाई दिएका छन् । उनीहरुले संस्कृति र संस्कार नभुलेको भन्दै प्रियंकाको तारिफ गरेका छन् ।
प्रियंका चाडैं नै अमेजन प्राइमको वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । त्यस्तै, हलिउड फिल्म ‘टेक्स फर यु’ का लागि पनि काम गर्दैछिन् । यसरैगी फरहान अख्तरको निर्देशनमा बन्ने ‘जी ले जरा’ मा उनी आलिया भट्ट र कैटरिना कैफसँगै देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा श्रम मन्त्रालयको चासो
-
कपनबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने