थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक !
शुक्रबार, १९ कात्तिक २०७८, १३ : ५६

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/ भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।
दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले यस्तो समस्याले आफू आजित भएको बताए ।
उनले भने, ‘बीच बीचमा यस्तो समस्या देखिने गुनासो आएका छन् । हाम्रो वेबसाइट बनाउनेले यो समस्या नेपालका ह्याकरबाट नभई विदेश बस्ने ह्याकरहरुबाट भइरहेको जनाएका छन् । यस्तै दुःख दिइरहे कानुनी उपचारको खोजीमा जानेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि