ड्रग्स केसमा हाजिरी लगाउन आर्यन एनसिबी कार्यालयमा
शुक्रबार, १९ कात्तिक २०७८, १३ : ५०

क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो ।
यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् ।
जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टले आदेश दिएको थियो । ३० अक्टोबरमा उनी रिहा भएका थिए । आर्यनलाई १४ वटा शर्तसहित जमानत दिइएको थियो । यसमध्ये एक शर्त उनी हरेक शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म एनसिबी कार्यालयमा हाजिर हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस