शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली हलमा हिन्दी ‘सूर्यवंशी’ को बम्पर ओपनिङ

शुक्रबार, १९ कात्तिक २०७८, १२ : ५४
शुक्रबार, १९ कात्तिक २०७८

नेपालका दर्शकमाझ समेत प्रतीक्षित रहेको  बलिउड फिल्म ‘सूर्यवंशी’ शुक्रबारबाट रिलिज भएको छ । यो फिल्मले नेपालका देशभर गरेर सयवटा हलमा एकसाथ प्रदर्शनको अवसर पाएको छ । यस अगाडि कुनै पनि विदेशी फिल्मले रिलिजको समयका लागि यतिधेरै अवसर पाएको थिएन ।

‘फिल्मले शुक्रबार बिहान राम्रो दर्शक पाउँदै ओपनिङ ब्यवसाय राम्रो गरेको छ’ वितरक मनोज राठीले भने, ‘हामीले जस्तो आशा गरेका थियौ । त्योभन्दा बढी दर्शक फिल्ममा छन् ।’ कतिपय स्थानमा टिकट समेत नपाएर दर्शक फर्किएको राठीले सुनाए ।

‘सूर्यवंशी’ हामीले रिक्समा ल्याएका हौं । कमाउन भनेर ल्याएको होइन’ वितरक राठीले थपे, ‘फिल्म क्षेत्र चलायमान होस्, दर्शक हलमा फर्किऊन् भन्ने हाम्रो उद्देश्य हो । त्यो मामलामा हामी सफल भएका छौ ।’ शुक्रबारभन्दा शनिबार र त्यसपछिका दिन फिल्मले राम्रो व्यवसाय गर्ने राठीको भनाई छ । ‘फिल्मको रिभ्यु समेत राम्रो आउन थालेको छ । शनिबार आइतबारपछि झन् दर्शक बढ्छ भन्ने हामीलाई विश्वास लागेको छ’ राठीले थपे ।

‘सूर्यवंशी’लाई मल्टिप्लेक्सले उच्च शोज दिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज प्रदान गरेको छ । त्यस्तै, सो फिल्मका लागि राजधानीका मल्टिप्लेक्सहरु वान सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआइ सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज बाँडेको छ ।

रोहित शेट्टीको निर्देशन रहेको ‘सूर्यवंशी’मा अक्षयकुमार र कैटरीना कैफ मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको समेत अतिथि भूमिका रहेको छ । कोरोनाका कारण पटक पटक रिलिज मिति सारिएको यो फिल्मले बलिउड फिल्मलाई समेत लयमा फर्काउने विश्वास बलिउडकर्मीमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप