सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
शुक्रबार, १९ कात्तिक २०७८, ११ : ५६
युएन मिसन अन्तर्गत सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पुर्‍याउँदै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि