नेपाल संवतले आपसी सदभाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवि राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले संवत्लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छन् ।
“साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरासमेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म