सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक न्याय बिना आर्थिक विकास र समृद्धि असम्भव : अर्थमन्त्री बराल

शुक्रबार, १९ कात्तिक २०७८, ०८ : ३९
शुक्रबार, १९ कात्तिक २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सामाजिक न्याय बिना आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् । बिहिबार पोखरामा आयोजित एक कार्यक्रमा मन्त्री बरालले सामाजिक न्याय विना देशको विकास हुन नसक्ने दाबी गरेका हुन् । 

‘हामीले अझै पनि समाजमासहित हिसाबले न्याय दिन सकेका छैनौं,उनले भन, ‘सवै प्रकारका नागरिकहरु सामाजिक हिसावले सम्मानित छन, तर, हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन ।’

मन्त्री बरालले सकरात्मक सोचले मात्र समाजको प्रगतिको विकास गर्ने भएकाले समाजमा सकारात्मक सोच राखेर अगाडी बढ्नु पर्नेमा उनको जोड थियो । 

उनले समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रको प्रणाली रक्षा गर्ने प्रमुख दायित्व माओवादीको भएको बताउदै नेपालले अंगिकार गरेको उक्त प्रणाली छिमेकी देश भारत लगायतका पश्चिमा मुलुकहरुले मन नपराएको आरोप लगाए । 

मन्त्री बरालले देशमा अझै पनि राष्ट्रिय एकता आवस्यक रहेको बताए । उनले आगामी निर्वाचनमा एमाले र कांग्रसले बहुमत ल्याउने दाबी गर्दै आएपनि सम्भवन नभएको बताउदै माओवादीले राजनीति दलहरु बिच सहकार्य गरेर अघि बढ्न चाहेको बताए। उनले माओवादी नेपालको सन्दर्भमा १०/१५ बर्ष सहमतीय प्रणाली अपनाएर अघि बढ्न चाहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप