जाजरकोटमा मिनीट्रक दुर्घटना : दुईको मृत्यु
शुक्रबार, १९ कात्तिक २०७८, ०७ : ३४
बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् । ‍एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दश जना सवारी उक्त गाडीमा मृतक मध्ये ठेगाना नखुलेका दिलबहादुर शाहीको सनाखत भएको छ भने अर्का मृतक र बेपत्ताको नाम नाम खुल्न सकेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालक कारबाहीमा
-
जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
-
बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ
-
बाँके एमाले जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित