शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

शुक्रबार, १९ कात्तिक २०७८, ०६ : ४९
शुक्रबार, १९ कात्तिक २०७८

हाल  नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार  देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप