अमेरिकाका श्रेष्ठ आरटिएम पदमा निर्वाचित
बिहीबार, १८ कात्तिक २०७८, २० : ३२
नेपाली मुलका रामचन्द्र श्रेष्ठ कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आर टिएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका थिए । सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए । रेष्टुरेण्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन् ।
४ वर्ष अघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मुलका सबैको जित भएको बताएका छन् । भूगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा आफू सदस्यका रुपमा निर्वाचित भएको जानकारी दिए । ५३ वर्षीय श्रेष्ठले आफ्नो कार्यकालमा सहरलाई अझै विकसित कसरी बनाउने, कर प्रणालीमा सुधार गर्ने विद्यालयको प्रणालीलाई सुधार गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ