शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपावलीपछिको झिलिमिली काठमाडौं, तस्बिरमा हेरौं

बिहीबार, १८ कात्तिक २०७८, १९ : ५५
बिहीबार, १८ कात्तिक २०७८

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।  सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । यहि सिलसिलामा अहिले साँझ काठमाडौं उपत्यका लगायत देशभर दीपावली गरी लक्ष्मीको पूजा गरिएको छ । दीपावलीका क्रममा काठमाडौं उपत्यकामा देखिएको तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिर: कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप