
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
मोटरसाइकलमा सवार २ जना मध्ये एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका २ मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । मृत्यु हुनेको परिचय भने खुल्न सकेको छैन ।
मृत्यु हुनेमा अन्दाजी २०।२१ बर्षीय एक पुरुष रहेको र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। अर्का घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको र बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ