आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्वः राष्ट्रपति

बिहीबार, १८ कात्तिक २०७८, १८ : २०
बिहीबार, १८ कात्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा आयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताइन् । 

उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको कुरा भएको बताइन् । 

राष्ट्रपति भण्डारीले कलाकारहरुले आगामी दिनमा कृषि क्षेत्रका गीतहरू रचेर हरियालीको प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताइन् । शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो । कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर देउसी भैलो खेलिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप