बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्वः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा आयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताइन् ।
उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको कुरा भएको बताइन् ।
राष्ट्रपति भण्डारीले कलाकारहरुले आगामी दिनमा कृषि क्षेत्रका गीतहरू रचेर हरियालीको प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताइन् । शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो । कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर देउसी भैलो खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण