बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त

बिहीबार, १८ कात्तिक २०७८, १७ : ३१
बिहीबार, १८ कात्तिक २०७८

पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा  ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप