अर्जुन पराजुलीका कविता (भिडियो)
जनआन्दोलनका बेला सडकमा कविता वाचन गरेर ख्याति कमाएका कवि अर्जुन पराजुली अचेल सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक कविताहरू देख्ने गर्छन् । धर्को नदिई डायरीमा लेखिएका कविता पराजुलीले फेसबुकमा पोष्ट गर्ने गर्छन् । उनका कविताहरू समसामयिक, राजनीतिप्रति व्यंग्य भरिएका हुने गर्छन् ।
‘म अचेल कार्यक्रममा त्यति जान्नँ, सार्वजनिक कार्यक्रममा कविता सुनाउनुभन्दा पनि लेखेर फेसबुकमा पोष्ट गर्दा लाखौं पाठकसमक्ष पुग्ने गरेको छ र यसैमा मन जान थालेको छ’ कवि पराजुलीले रातोपाटीसँग भने, ‘पत्रकारहरुले बोलाउँदा पनि खासै जान मन लाग्दैन, आज तपाईले बोलाउनुभयो, आएँ ।’
०६२/०६३ को जनआन्दोलनका बेला नागरिक अगुवाहरु कृष्ण पहाडी, डा.देवेन्द्रराज पाण्डे लगायतसँग देशैभरि कविता सुनाउँदै हिँडेका कवि पराजुलीले कविता सुनाएवापत प्रहरीको लाठी र गिरफ्तारी पनि सहनुपरेको थियो । पराजुलीका कविताहरूमा व्यंग्यको मात्रा भरपुर पाइने गर्छ । कविता वाचन गर्ने उनको प्रस्तुति पनि आकर्षक र बेजोडको छ । उनका कविताहरू सरल लाग्छन्, तर व्यंग्यको मात्र प्रशस्त हुन्छ ।
काभ्रेको ज्याम्दी–१ (मण्डन देऊपुर) मा विसं. २०२० सालमा जन्मेका कवि पराजुली सिस्नोपानी नेपालमा पनि आवद्ध छन् । सिस्नोपानीले हरेक वर्ष देउसी कार्यक्रम गर्दै आइरहेकोमा गत वर्ष र यो वर्ष कोरोनाका कारण देउसी भएन ।
सिस्नोपानीको देउसी कार्यक्रम नभए पनि हामीले रातोपाटीको स्टुटियोमा कवि पराजुलीलाई बोलाएर तिहारको छेकोमा केही कविताहरू भिडियो रेकर्ड गरेका छौं ।
कवि पराजुलीका केही रमाइला, व्यंग्यात्मक कविताहरू यहाँ प्रस्तुत छ–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण