सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चीनियाँ टेनिस स्टारले पूर्व उप–प्रधानमन्त्रीमाथि लगाइन् यौन उत्पीडनको आरोप

बिहीबार, १८ कात्तिक २०७८, १३ : २०
बिहीबार, १८ कात्तिक २०७८

चीनकी टेनिस स्टार पेंग शुआईले सार्वजनिक रुपमा एक अवकाशप्राप्त कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । चिनियाँ सोसल मिडिया साइट वीबोमा एउटा पोस्टमा पेंगले पूर्व उप–प्रधानमन्त्री झांग गाओलीले उनलाई यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएको खुलासा गरिन् ।

चीनमा पहिलो पटक कम्युनिष्ट पार्टीका कुनै वरिष्ठ नेतामाथि यस्तो प्रकारको आरोप लागेको हो । यी आरोपपछि डब्ल्समा शीर्ष खेलाडी भइसकेकी पेंग शुआईबारे चीनभित्र इन्टरनेट सर्च पनि सिमित पारिएको छ ।

झांग गाओलीले टेनिस स्टारको दाबीमाथि हाल कुनै सार्वजनिक बयान दिएका छैनन् । वीबोमाथि गरिएको पोस्ट चीनले पूर्ण रुपमा इन्टरनेटबाट गायब गरेको बताइएको छ । सन् २०१३ देखि २०१८ बीच चीनका उप–प्रधानमन्त्री रहे झांग गओेली चिनियाँ राष्ट्रपति शी जिनपिङका नजिकका सहयोगी थिए ।

के लेखिन् सोसल मिडियामा ?

टेनिस खिलाडी पेंगले आफ्नो पोस्टमा लेखिन्, ‘उप–प्रधानमन्त्री झांग गाओली, मलाई थाहा छ कि तपाईंजस्तो प्रतिष्ठित व्यक्तिले ‘म डराउँदिनँ’ भन्नुहुनेछ । तर जे सुकै होस्, म तपाईंबारे वास्तविकता बताउनेछु ।’

पेंगले लेखे अनुसार झांग गाओलीले टेनिस खेल्न बोलाएकै बेला उनीमाथि यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएका थिए । उनले भनिन्, ‘त्यस दिन मैले आफ्नो सहमति जनाएको थिइनँ । म लगातार रोइरहेकी थिएँ । तपाईंले मलाई आफ्नो घर बोलाउनुभयो । त्यसपछि सम्बन्ध स्थापित गर्नका लागि मलाई बाध्य पार्नुभयो ।’

पेंगले थपेकी छिन्, ‘म आफ्नो आरोपको पक्षमा प्रमाण दिन सक्दिनँ । मसँग कुनै प्रमाण छैन । कुनै प्रमाण बटुल्न सम्भव पनि थिएन किनभने तपाईंलाई सधैं डर थिउो कि म टेप रेकर्डरजस्ता केही लिएर आउनेछु ताकि प्रमाण जम्मा गर्न सकूँ । त्यसैले न कुनै अडियो न नै भिडियो रेकर्ड छन् । मसँग वास्तविक अनुभव मात्रै छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप