कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।
पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए । उनले भने, “पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ, उनी काठमाडौँबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी) सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।”
मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र) बाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्री बन्ने चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण