बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा दीपावली : केराको थाम र फूलमालाको व्यापार बढ्यो (फोटोफिचर)

बिहीबार, १८ कात्तिक २०७८, १२ : ५२
बिहीबार, १८ कात्तिक २०७८

जनकपुरमा दीपावलीका अवसरमा केराको थाम र फूलमाला बिक्री गर्नेहरुको भीड बढेको छ । बिहीबार बिहानैदेखि जनकपुरधाम बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने कृषकहरूको भीड बढेको हो । जनकपुरधाम बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान र पसलहहरुमा लक्ष्मी पूजाका दिन फूल र केराका थामको प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ । योसँगै केरा थामको कारोबारमा समेत वृद्धि भएको छ ।

ट्रयाक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्याएका केराका थाम २५० रुपैयाँका दरले बिक्री भैरहेको क्षिरेश्वरनाथ नगरपालिका ३ का कासिम अन्सारीले बताए । उनले केराको थामबाट मनग्य आम्दानी हुने गरेको समेत सुनाए ।
जनकपुरधामका क्याम्पस चोक, विद्यापति चोक, कदम चोक, विश्वकर्मा चोक, राम चोक, भानु चोक, जनक चोक, रेल्वे स्टेशन एरिया, जिरो माइल एरियालगायत विभिन्न चोकमा रहेका व्यापारिक प्रतिष्ठानले केराको थामसहितका स्वागत द्वार बनाएर सजाउने चलन छ ।

बिहीबार करिब ५ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । लक्ष्मी पूजाका दिन मात्र अनुमानित १० लाख रुपैयाँ बराबरको केराको थाम बिक्री हुने गरेको उनले बताए । यो बेला जनकपुरधाम बजारमा मात्र करिब ५० लाख रुपैयाँ बराबरको फूलमाला बिक्री हुने गरेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप