दुई करोड लगानीमा बानेश्वरमा खुल्यो बालाजी स्वीट्सको आउटलेट
बिहीबार, १८ कात्तिक २०७८, ११ : २५
इन्द्रेणी वल्र्डले काठमाडौंको बानेश्वरमा बालाजी स्वीट्सको आउटलेट सञ्चालनमा ल्याएको छ । इन्द्रेणी फूडल्यान्ड सञ्चालन गरिरहेको कम्पनीले २ करोडको लगानीमा पूर्ण साकाहारी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । कम्पनीका निर्देशक बिमुक्ती चापागाईंले बालाजी रेष्टरेन्टमा भारतीय परिकारका खाना, मिठाई लगायतका परिकार पाइने बताए । उनले भने, ‘दक्षिण भारतदेखि उत्तर भारतसम्ममा पाइने र बन्ने सम्पूर्ण प्रकारका खाना र मिठाई पाइन्छ ।’
उनले तिहारको समय पारेर पूर्ण साकाहारी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको रातोपाटीलाई जानकारी दिए । उक्त स्वीट्स रेष्टुरेन्टमा नेपाल र भारतका सबै प्रकारका भेजिटेबल बेकरी समेत पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा