मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने

बिहीबार, १८ कात्तिक २०७८, ११ : २१
बिहीबार, १८ कात्तिक २०७८

यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ ।  एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । 

योसँगै अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो ।  अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप