रौतहटमा लाखौं रुपैयाँको धनमाल चोरी
लक्ष्मीपूजाको पूर्व सन्ध्यामा रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत एक घरमा चोरी भएको छ । चोरहरूले एक थान लाईसेन्सवाला बन्दुकसहित लाखौंको धनमाल लगेका छन् । कटहरिया–२ जमुनियाका रंजित साहको घरमा गए राति भान्सा कोठाको पछाडिको ढोका फोडेर चोरको समूह घरभित्र प्रवेश गरेका थिए ।
घरको स्टिल दराज फोडेर उनीहरुले इंग्ल्याण्डमा निर्मित एकथान एकनाले १२ बोरको ईजाजत प्राप्त बन्दुक, २ लाख रुपैयाँ, झन्डै १० लाख बराबरको सुनचाँदीको गहना र विभिन्न लत्ताकपडा लगेको पीडित रंजित साहले बताए ।
चोरीको समय आफू चन्द्रनिगाहपुर रहेकोे सो समय घरमा वृद्ध आमामात्र रहेकोे साहले बताए । चोरको समूहले आमा सुतेको घरको चुकुल बाहिरबाट लगाएर दुइटै कोठाभित्र रहेको दराज, बाक्सा, फोडेर खोजी खोजी महँगो सामान लगेको उनले जानकारी दिए ।
आमा बिहान उठ्दा बाहिरबाट चुकुल लगाएको पाएपछि घटनाको बारेमा जानकारी भएको उनले बताए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनामा ४ जनाभन्दा बढीको संलग्नता देखिएको भन्दै उनले थप अनुसन्धान भइरहेको बताए ।
कटहरिया नगरपालिकाका मेयर तथा जमुनिया निवासी सियाराम कुश्वाहाले प्रहरीको नियमित गस्ती नभएको तथा घटना सुनियोजित देखिएकाले गहन अनुसन्धान हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)